राजनीति

कांग्रेस सप्तरीको भूगोलतर्फ जिल्ला सदस्यमा पोखरेल र आचार्य विजयी

कञ्चनरुप (सप्तरी) । नेपाली कांग्रेस सप्तरीको १४ औं अधिवेशनबाट भूगोलतर्फ आचार्य र पोखरेल निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना सकिए सँगै भूगोलतर्फ जिल्ला सदस्यमा अत्यधिक मतकासाथ अशोक आचार्य र मुना कुमारी पोखरेल विजयी भएका हुन् ।
मुना कुमारी पोखरेलले १२०४ मत ल्याएर विजयी हुँदा पोखरेलको प्रतिद्वन्दीका रुपमा रहेकी निशु काफ्लेले ७६७ मत ल्याएकी थिइन् । संस्थापन पक्षबाट उम्मेदवारी दिइकी पोखरेलले सञ्चाकर्मी उत्तम आचार्यसँग संक्षिप्त कुराकानी गर्दै अत्याधिक बहुमतकासाथ विजयी गराउनु हुने सम्पूर्ण मतदाता, नेतागणहरुलाई धन्यवाद दिँदै कांग्रेसको निति निर्देशनलाई पालना गर्दै आफू कटिबद्धसाथ अगाडि बढ्ने र सक्रियताका साथ कांग्रेसको संगठनलाई मजबुत बनाउने बताइन् ।
त्यसैगरी भूगोलतर्फ अधिवक्ता डा. देवनारायण यादवलाई २८९ मतले पछि पार्दै १११३ मत ल्याइ अशोक कुमार आचार्य विजयी भएका छन् । विजयी पश्चात नेपाली कांग्रेसको संगठनलाई राम्रो बनाएर आफू अगाडी बढ्ने आचार्यले बताए ।
सभापतिमा बाहेक सम्पूर्ण पदाधिकारीहरु संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् । सभापतिमा भने कोइराला पक्षका रामदेव साह विजयी भएका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page