डम्बर राई
कञ्चनरुप (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीले बुधवार प्रेस विज्ञप्ती जारी गरेको छ ।
जनता समाजवादी पार्टीमा प्रवेश गरेकी रञ्जु ठाकुर पार्टीको कुनैपनि कमिटीमा जिम्मेवारी पदमा नरहेको तर केहि सञ्चार, मेडिया तथा फेसबुक र समाजिक सञ्जालहरुमा नेकपा एमालेको केन्द्रिय सदस्य भनेर आएको भन्दै आपत्ती जनाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
जिल्ला पार्टी सचिव देवनाथ यादवद्वारा जारी विज्ञप्तीमा रञ्जु ठाकुर पार्टीको सम्पन्न दसौं राष्ट्रिय महाधिवेशन यता कुनैपनि कुनै पद र जिम्मेवारीमा नरहेको र त्यस अघिपनि केन्द्रिय सदस्यमा नभएको जानकारी गराइएको छ ।
सञ्चार(मेडिया) तथा फेसबुकर, समाजिक सञ्जालले वास्तविकता र सत्य तथ्य बुझेर मात्र कलम चलाइदिनुहुन यादवले विज्ञप्ती मार्फत आग्रह समेत गरेकाछन् ।
साथै यस्ता भ्रामक समाचार प्रति सजग रहन पार्टी पंती र जनसमुदायमा हार्दिक अपिल गरेको छ ।
Add Comment