कञ्चनरुप । नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप वडा कमिटीले टोल कमिटी गठन गर्ने क्रममा बुधवार साउनपुरमा टोल कमिटी गठन गरेको छ ।
मदन श्रेष्ठको अध्यक्षतामा नौ सदस्य कमिटी गठन गरेको वडा अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । थापाको अनुसार, उपाध्यक्ष, सचिव र सह सचिवमा क्रमश ज्ञान बहादुर श्रेष्ठ, खेममाया श्रेष्ठ, अनु भट्टराई र सदस्यहरुमा पुरुषोत्तम भट्टराई, टेक बहादुर विक, विष्णु कुमारी विक, मञ्जु श्रेष्ठ, गीता श्रेष्ठ, यशोदा श्रेष्ठ छन् ।
भेलामा जिल्ला सदस्यद्वय एवं शिक्षा विभाग प्रमुख पेशल जोशी र प्रचार प्रसार प्रकाशन विभागका प्रमुख डम्बर राईले पार्टी र संगठनको बारेमा जानकारी गराएका थिए । यसैगरी नगर सचिव केवल खत्री र वडा अध्यक्ष दिल बहादुर थापाले भेलालाई सहजीकरणमा सहयोग पुर्याएका थिए ।
Add Comment