स्वास्थ्य

बरमझिया स्वास्थ्य चौकीमा प्रयोगशालाको उदघाटन तथा सेवा सुभारम्भ

कञ्चनरुप, ११ चैत । सप्तरीको कञ्चनरुप नगरपािलका वडा नम्बर ३ स्थित रहेको बरमझिया स्वास्थ्य चौकीमा शुक्रबार प्रयोगशालाको उदघाटन तथा सेवा सुभारम्भ गरिएको छ ।
प्रयोगशालामा रगत, पिसाव, सुगर , मुटु रोग र ब्लड प्रेसर लगायका विरामीहरुको परीक्षण गरी उपचार हुने जनाइएको छ ।
स्वास्थ्य शाखाका स इन्चार्ज सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताका अनुसार वडा नम्बर १, २, ३ र १० गरी चारैवटा वडाले सबभन्दा बढि सेवा लिन पाउने बताउनुभयो । उहाँले वर्षमा चार पटक मधुमेहका बिरामिले निःशुल्क सेवा लिन पाउने समेत जानकारी गराउनु भयो ।

नगर प्रमुख बसन्त कुमार मिश्रले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरबाट पाउने सेवा सुबिधा अव बरमझिया स्वास्थ्य चौकीबाटै पाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख निरु पोखरेल, कार्यपालिका सदस्य निरञ्जन प्रसाद साह, वडा सदस्यहरु बैजनाथ प्रसाद गुप्ता, महिला स्वयम सेवीकाहरु , स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य शाखाका ससंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले कार्यक्रम संचालन गर्नुभएको थियो भने वडा नम्बर ३ का वडा अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी कञ्चनरुप नगरपािलका वडा नम्बर ५ स्थित रहेको पिप्रापूर्व स्वास्थ्य चौकीमा समेत शुक्रबार प्रयोगशालाको उदघाटन तथा सेवा सुभारम्भ गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साहले जानकारी दिनुभयो ।
सो प्रयोगशालामा समेत रगत, पिसाव, सुगर , मुटु रोग र ब्लड प्रेसर लगायका विरामीहरुको परीक्षण गरी उपचार हुने जनाइएको छ ।

KRN
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page