राजनीति

नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनरुपको प्रथम नगर अधिवेशन सम्पन्न,अध्यक्षमा जगदेव सदा

कञ्चनरुप, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम नगर अधिवेशन शनिवार कञ्चनरुप ९ स्थित फूलवारी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
नगर अधिवेशनको उदघाटन गर्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले राष्ट्रको आमूल परिवर्तन गर्न एमालेबाट मात्र सम्भव रहेकाले अब आउने स्थानिय चुनावमा एमालेका उम्मेदवारलाई विजयी गराउन अहिलेदेखि नै कार्यकर्ताहरु जनताको घरघरमा जानुपर्ने र केपी ओलीको नेतृत्वमा रहेको सरकारले गरेको विकास निर्माणको कार्यहरुको बारेमा जनतालाई बुझाउन आवश्यक रहेको बताउनु भयो ।

नेकपा (एमाले) को केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सहइन्चार्ज सरिता गिरी यादवले सबै जातजाती र भाषाभाषीको उचित सम्मान गर्ने एकमात्र पार्टी एमाले रहेकोले अब अलमलमा नपरी सबै एकजुट भएर चुनावी अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का प्रदेश कमिटी सदस्यहरु बसन्त कुमार मिश्र, श्याम पोखरेल, आशरादेवी चौधरी, मुक्ति समाजका केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज डिक बहादुर विश्वकर्मा, मुक्ति समाजका मधेश प्रदेश सदस्य एवं कञ्चनरुप नगर इन्चार्ज संजय पासवान लगायतका वक्ताहरुले एमालेसँग अहिले सबै पार्टीहरु डराएर गठबन्धन गरिराखेका छन्, त्यसैले देशको समृद्धिका लागि र जनतालाई सुखी बनाउन एमालेको काँधमा प्रमुख जिम्मेवारी आएको हुँदा एमालेका नेता कार्यकर्ताहरु एकजुट भई पार्टीको संगठनलाई सुदृढ पार्दै चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।

सो अधिवेशनबाट जगदेव सदाको अध्यक्षता ५१ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन भएको छ। जसको उपाध्यक्षमा प्रेम बिक र प्रमेश्वरी दास ,सचिवमा बिकास बिक , सह सचिवमा कमला बिक र प्रदीप पासमान तथा कोषाध्यक्षमा रन्जना कुमारी पासमान रहेका छन् ।
कार्यक्रम संचालन नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रिय सदस्य एवं एमालेको कञ्चनरुप नगर सचिवालय सदस्य मन्नु पासवानले गर्नुभएको थियो भने मुक्ति समाजका मधेश प्रदेश सदस्य एवं कञ्चनरुप नगर इन्चार्ज संजय पासवानको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page