सप्तरी, १३ चैत । अनेरास्ववियु सप्तरीको जिल्ला अधिवेशनले रन्जीव साहको अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।
राजविराजमा सम्पन्न १४औं जिल्ला अधिवेशनले साहको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा रामअवतार यादव, सचिवमा अमर यादव, सह–सचिवमा मनोज कुमार मण्डल, मनिषा कुमारी साह, तुलसा आले मगर र कोषाध्यक्षमा सिमा तिमल्सिना निर्वाचित हुनुभएको छ ।
जिल्ला अध्यक्ष ललितनारायण रजकको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन अनेरास्ववियुका उप–महासचिव भाष्कर खनालले गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै खनालले गुणस्तरीय, व्यवहारिक, वैज्ञानिक र जीवनउपयोगी शिक्षाका लागि २०२२ साल जेठ १ गते स्थापना भएको अनेरास्ववियुले विश्व प्रतिस्पर्धी नागरिकका लागि शैक्षिक क्षेत्रमा बिद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएको बताउनु भयो ।
अधिवेशनमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज सरिता गिरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष अन्जना शिवाकोटी, रास्ट्रीय युवा संघ नेपालका जिल्ला संयोजक चितरञ्जन यादबले शुभकामना व्यक्त गर्नुभयो ।
Add Comment