कञ्चनरुप, १५ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बेरियरमा मंगलवार बजाज सोरुमको उद्घाटन भएको छ । नगर प्रमुख बसन्त कुमार मिश्रले रिबन काटेर सोरुमको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दै नगर प्रमुख मिश्रले व्यापारीका लागि आफ्नो व्यापार गर्न यस नगरपालिकामा शान्त वातावरण रहेकाले अतिनै सहज हुने बताउँदै बजाज कम्पनीले ग्राहकको मन जित्ने काम गर्न सुझाव समेत दिनुभयो ।
यस सोरुममा बजाजको मोटरसाइकल, पल्सर र डिस्कोभर रहने, सोरुममा सर्भिसिङ समेत गरिने, १० हजार देखि १० लाखसम्मको स्किम रहने, १८ महिनाको शुलभ व्याजको शुलभ फाइनान्स समेत गरिने सोरुमका सप्तरी प्रोपाइटर कलिल खानले बताउनुभयो । २ वर्ष तीस हजार किलोमिटर रिपेरिङ समेत गरिने उहाँले बताउनु भयो ।
यसको नेपाल प्रमुख शेखर गोल्छा, बेरियर सोरुमका मेनेजर कौशल श्रेष्ठ, इन्जिनियर शंकर कुमार मण्डल, सर्भिसिङ मेनेजर महेश्वर मण्डल रहेको र कम्पनी प्रतिनिधि हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्राली रहेको सोरुमले जनाएको छ ।
Add Comment