कञ्चनरुप (सप्तरी) । सप्तरीमा ६५ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सदरमुकाम राजविराजस्थित जिल्ला सहकारी संघ सप्तरीको अगुवाईमा शिव मन्दिर प्राङ्गणबाट सुरु भएको प्रभात फेरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
“मर्यादित ब्यबसाय र प्रबिधीमा सहकारी”भन्ने मुल नाराका साथ सप्तरीमा विभिन्न कार्यक्रम गरि सहकारी दिवस मनाइएको हो । सोहि अवसरमा सहकारीको वर्तमान अवस्था र महत्त्वको विषयमा अन्तरक्रिया गोष्ठिको तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
दुई वटा सप्तरी जिलाकै उत्कृष्ट सहकारी घोषित हुनुका साथै सहकारीलाई सम्मानित समेत गरिएको थियो । जिल्लाभरीका सहकारी संघ संस्थाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा मधेस प्रदेस सहकारी संयोजक,सहकारी बैंक तथा मधेस प्रदेस संयोजक विश्वनाथ मण्डल ,कार्यक्रम मुल समिति संयोजक सचेन्द्र दास, आइडियल सहकारी संस्थाक अध्यक्ष गणेश आस, शत्रुघन गुप्ता ,आन्तरिक राजस्व कार्यालयक निमित प्रमुख निरज कर्ण, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख अवि नारायण काफ्ले ,मालपोत कार्यालय प्रमुख डिके झा, राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य एंव राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेतीको प्रमुख आतिथ्य तथा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन माला कर्णले गर्नुभएको थियो ।
Add Comment