राजनीति

जगतपुरमा काँग्रेसका क्रियाशिल सदस्यसहित सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश

कञ्चनरुप, २३ चैत । कञ्चनरुप नगरपालिका वडा नम्बर ४ भोरहा जगतपुरमा नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यसहित पार्टी परित्याग गरी सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।
बुधबार जनमत पार्टी कञ्चनरुपले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका बीच नेपाली काँग्रेसका क्रियाशिल सदस्य कमल खंग, जयनारायण साह, लक्ष्मण भगतको नेतृत्वमा काँग्रेस पार्टी परित्याग गरी सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरिएको थियो ।

कार्यक्रममा जनमत पार्टी कञ्चनरुप नगर अध्यक्ष अनिल पंजियार, मुकेश मैरता(डिपलोमा ई.ज.स.के.संयोजक), ईन्द्रदेब कैडगिया (बरिष्ट ने.म.सदस्य), आदिबासी जनजाती जिल्ला संयोजक सम्झना राना चौधरी, महिला जनमत संघ नगर संयोजक रोजि सिंह लगायतको सहभागिता रहेको थियो ।
श्रवण मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page