स्वास्थ्य

देशभर आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु ,७५ लाख बालबालिका लाभान्वित हुने

काठमाडौं । देशभर आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।
स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।
टाइफाइड जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्ने भएपनि १५ वर्ष मुनिका बालबालिकामा यसको संक्रमण दर बढी देखिएको छ । त्यसैले खोप पनि विशेषगरी यही समूहका मान्छेलाई धेरै लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताइएको छ ।
यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page