समाचार स्वास्थ्य

सप्तरीमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

कञ्चनरुप (सप्तरी), २५ चैत्र । सप्तरीमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ भएको छ ।
सप्तरीको राजविराज स्तिथ केशो अनिरुद्धबत्ती माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच मधेश प्रदेशका सामाजिका विकास मन्त्री नवल किशोर साहले टाईफाइड विरुद्धको खोप अभियानको आज (शुक्रवार) शुभारम्भ गर्नुभएको छ । मन्त्री

साहले ब्यानर पढेर अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री साहले आज देखि देशै भर खोप लगाउन सुरु भएको बताउँदै नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

सप्तरीमा दुई चरणमा खोप अभियान संचालन हुदै छ । डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, विष्पुर गाउँपालिका, खडक नगरपालिका, वलान विहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकामा चैत्र २६ गतेदेखि चैत्र ३० गतेसम्म पहिलो चरणमा खोप अभियान हुने भएको छ ।
त्यसैगरी २०७९ बैशाख ४ गतेदेखि ८ गते सम्म कञ्चनरुप नगरपालिका, राजबिराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र रुपनी गाउँपालिकाको सबै संस्थागत तथा सामुदायिक विद्यालयमो खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

सप्तरीमा १ हजार १ सय २५ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि २ हजार ६ सय ७१ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र साहले स्वागत मन्तव्यको साथै अन्तरक्रिया कार्यक्रमको उद्देश्य, प्रभाव र कार्य तालिका सम्बन्धमा जानकारी दिनुभएको थियो भने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page