समाचार

कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारीता तालिम सुरु

कञ्चनरुप, २६ चैत । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा शनिवारबाट रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरुप १२ रुपनगरमा तीन दिने आधारभूत पत्रकारीता तालिम सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले पत्रकारीता पेसा मर्यादित, राम्रो र महत्वपूर्ण रहेकाले सञ्चारकर्मीहरुले निश्पक्ष रुपमा कलम चलाई समाजलाई परिवर्तन गर्ने अभियानमा लाग्नुपर्ने बताउनु भयो ।

उपप्रमुख निरु पोखरेलले सञ्चारकर्मीहरुले सहि सूचना सम्प्रेषण गरी राष्ट्र र व्यवस्थालाई सहि तरिकाले अघि बढाउने अभियानमा लाग्नुपर्ने बताउँदै पत्रकारीता क्षेत्रमा लाग्ने व्यक्तिहरु स्वच्छ, निश्पक्ष र इमान्दारिता हुन आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवले पत्रकारीताको विकासका लागि तालिमको आयोजना गरिएको बताउनु भयो । ३५ जना सहभागी तालिममा विनय लाल कर्ण र सुरेन्द्र प्रसाद गुप्ताले सहजिकरण गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page