समाचार

कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

कञ्चनरुप, २८ चैत । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा सोमबार रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरुप १२ रुपनगरमा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले तालिममा सिकेका कुरालाई गहन रुपमा लिई असल पत्रकार बन्न शुभकामना दिनु भयो ।
उहाँले तालीममा सहभागीहरुलाइ लगनशील र अनुसाशित भइ समाज रहेका बिकृतीहरुलाई सकारात्मक सोचका साथ निश्पक्ष रुपमा कलम चलाइ कञ्चनरुपको पत्रकारिता क्षेत्रको बिकासमा लाग्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवले पत्रकारिताको विकासका लागि तालिमको आयोजना गरिएको बताउदै तालिममा सहभागिहरु उदयमान रहेकाले असल पत्रकार बन्नेमा आसाबादी रहेको बताउनु भयो । ३५ जना सहभागी तालिममा विनय लाल कर्ण र सुरेन्द्र प्रसाद गुप्ताले सहजिकरण गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page