काठमाडौं । सुनको मूल्य आज प्रतितोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ सय पुगेको छ।
सोमबार तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ सयमा कारोबार भएको थियो ।
छापालवाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघजनाएको छ । यस्तै तेजावी सुनको मूल्य १ लाख ४ सय कायम गरिएको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १ सय र तेजावी सुन ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला १३८० रुपैयाँ कायम गरिएको छ।
Add Comment