समाचार

अधर्मीहरुले देशको अस्तित्वलाई संकटमा पारे : पूर्व एआईजी तिमिल्सिना

बृजमान तामाङ /
राजविराज, ३ बैशाख ।
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय सह संयोजक एवम पूर्व प्रहरी एआईजी कल्याण तिमिल्सिनाले अधर्मीहरुले देशको अस्तित्व संकटमा पारेको आरोप लगाएका छ्न ।
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित प्रबुद्ध नागरिक गोष्ठी एवम साहित्य परिचय कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै तिमिल्सिनाले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए । नेपालको सबैभन्दा पुरानो धर्म हिन्दु हो, तिमिल्सिनाले भने, राष्ट्रको धरोहरको रुपमा रहेको प्राचीन धर्मलाई अधर्मीहरुले षड्यन्त्रपुर्वक प्रहार गरि देशको अस्तित्वलाई नै संकटमा पारे । सगरमाथा देशको पहिचान हो, पशुपतिनाथ राष्ट्रको गौरव हुन, तिमिल्सिनाले भने, राष्ट्रको पहिचानलाई छोडेर देशको अस्तित्व कायम संभव हुदैन,त्यसरी नै हिन्दु राष्ट्र नेपाल र नेपालीको अति आबश्यक विषय हो । धर्मले बिखण्डन गर्ने नभई मान्छेलाई जोड्ने दाबी गर्दै कार्यक्रमका प्रमुख अतिथी तिमिल्सिनाले कर्मले र सामाजिक रुपले हिन्दु बन्न आग्रह गरे ।

उनले हिन्दुधर्मलम्बीहरुलाई संगठित गर्दै धर्मनिरपेक्षतालाई डाँडा कटाउने जागरण अभियानको प्रमुख उदेश्य रहेको बताए ।
कार्यक्रमका विशिष्ठ अतिथी श्रीकान्तमणि त्रिपाठीले हिन्दुधर्मप्रती घात गर्नेहरु आफै समाप्त हुने बताए । ठुल ठुल्ला कुर्सीमा बस्नेहरुले ईश्लाम, इसाई धर्मको संरक्षणमा लागेर राष्ट्रप्रती घात गरेको आरोप लगाउँदै उनले हिन्दुधर्ममाथी जाईलाग्नेहरु आफै सकिने दावी गरे ।

अमित कुमार साहद्वारा संचालित कार्यक्रममा स्वागत विश्व हिन्दु परिषद सप्तरीका अध्यक्ष रामकिसुन साहले गरे । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सप्तरीका संयोजक रामाकान्त यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा हिन्दुधर्म संग आबद्ध विभिन्न संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page