राजनीति

सप्तरीमा नेपाल परिवार दलको दुई स्थानीय तहमा सर्वसम्मत उम्मेदवार

राजविराज, ४ वैशाख । सप्तरीमा नेपाल परिवार दलले दुई पालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
राजविराज नगरपालिकाको प्रमुखमा धिरेन्द्र कुमार दास र महादेवा गाउँपालिका अध्यक्षमा शिव प्रसाद मण्डललाई उम्मेदवार बनाउने भएको हो ।
नेपाल परिवार दल जिल्ला समिति सप्तरीका अध्यक्ष बब्लु खानको अध्यक्षतामा राजविराजमा सम्पन्न बैठकले राजविराज नगरपालिकामा दास र महादेव गाउँपालिकामा मण्डललाई उम्मेदवार सर्वसम्मत चयन गरेको जनाइएको छ ।
उपप्रमुखमा धैरै संख्यामा उम्मेदवारहरुले आकांक्षा राखेपछि सहमति हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष खानका अनुसार आगामी सोमबार सम्ममा सप्तरीको १८ वटै पालिकाको उम्मेदवार टुंगो लगाउने गरि पार्टी अभियानलाई तिब्रता दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page