कञ्चनरुप (सप्तरी) । सप्तरीको रुपनी गाउँपालिकामा आज सोमबार नेपाली काँग्रेस सप्तरीका जिल्ला सदस्य भोलेश्वरी देवी चौधरीसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।
नेकपा एमाले रुपनी गाउँपालिका वडा नम्बर ६ द्वारा तेरहौतामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा चौधरीको नेतृत्वमा काँग्रेस परित्याग गरी ४ दर्जन नेताकार्यकर्ता एमालेमा प्रबेश गरेका हुन् ।
काँग्रेस जिल्ला सदस्य चौधरी लगायतका नेपाली काँग्रेसका स्थानीय प्रभावशाली ४८ जना नेताकार्यकर्ता एमाले प्रबेश गरेको नेकपा एमाले सप्तरीले जनाएको छ ।
नव प्रवेशीहरुलाई पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सह–ईन्चार्ज राज कुमार लेखीले टीका लगाएर पार्टी प्रवेश गराए ।
नेकपा एमाले रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कन्तलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment