फत्तेपुर (सप्तरी) । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मंगलबार विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तकोसी नगरकमिटिले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सप्तरीका विभिन्न पालिका र उदयपुरको बेलका ,चौदन्ढिगढि नगरपालिकाका नेकपा एमाले, नेपाली काङ्ग्रेस ,नेकपा माओबादि केन्द्र ,जसपा ,एकीकृत समाजाबादि पार्टी र स्वतन्त्र परित्याग गरी ५ सय २० जना नेताकार्यकर्ता पार्टी प्रबेश गरेको राप्रपाका नगर अध्यक्ष जयराम ढुंगानाले जानकारी दिए।
नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देलले माला, खादा र टीका लगाएर पार्टी प्रवेश गराएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सप्तकोसी नगर अध्यक्ष जयराम ढुंगानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment