राजनीति

सप्तरीमा विभिन्न कार्यक्रम गरी एमालेले स्थापना दिवस भव्यताका साथ मनाउने

डम्बर राई /
कञ्चनरुप, बैशाख ८ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ७४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
सप्तरीको १८ वटै कार्यपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी पार्टीको स्थापना दिवस भव्यतासाथ मनाइने जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो ।
यस बर्ष स्थानिय निर्वाचनको मुखैमा पार्टीको स्थापना दिवस परेकोले विशेष रुपमा दिवस मनाउन वडा नगर र गाउँ कमिटीहरु तयारीमा जुटीसकेको जानकारी आएको छ । प्राप्त जानकारी अनुसार सबै स्थानमा र्रयाली प्रदर्शन र पार्टीका काममा निष्ठावान रही जीवनमा पाका बन्दै आएका व्यक्तित्वलाई सम्मान गरिने छ । नेपालमा कम्युनिष्ट पार्टीको २००६ साल बैशाख ९ गते स्व.नेता पुष्पलाल श्रेष्ठले स्थापना गरेका थिए ।
यसै विषय माथी केन्द्रित रहेर विहिवार सप्तरीको कञ्चनरुप नगरकमिटीको आयोजनामा प्रदेश कमिटी र जिल्ला कमिटीको सदस्यहरु सहितको बैठक बसेका छ । यस नगरमा भव्यताका साथ पार्टीको स्थापना दिवस मनाउँन कार्य बाँडफाँड गरी कार्यक्रमको रुपरेखा तयार पारिएको छ ।
शुक्रबार मध्यान्ह १२ बजेको समयमा कञ्चनरुप ८ स्थित सर्वोदय माविको पूरानो छात्रावासको प्राङ्गगणमा औपचारिक कार्यक्रम र साँझ दीप प्रजज्वन गरिने निर्णय भएको छ । सो अवसरमा प्रदेश कमिटीका सदस्यद्घय मो कलिम, आसरा देवी चौधरी र जिल्ला सदस्यहरुले सल्लाह सुझाव दिएका थिए ।
जिल्ला सदस्य एवं राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनिष श्रष्ठले शुक्रवार गरिने कार्यक्रमको वारेमा सुझाव पस्किदै स्थानिय निर्वाचनमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिका र प्रचार प्रसार रणनीति कस्तो हुँदा पार्टीले सबै स्थानमा विजय हासिल गर्नेछ भन्ने विषयमा प्रकाश पारेका थिए । उहाँले भन्नुभयो, स्वभाविक रुपमा दुख सबैलाई छ किनकी टिकट लिने आशामा धेरैको उम्मेदवारी परेको छ तर पाउने एकजनाले हो । पार्टीमा समर्पित भएर लामो समयदेखि योगदान दिइरहेका नेता कमरेडहरु वीधि र वाध्यताले छुट्छन् स्वभाविक पनि दुख हो तर यसरी दुख मानेर पार्टीलाई सहयोग नगर्ने भन्ने तर्फ जानुहुन्न जसरी पनि पार्टीलाई जिताउनु पर्छ श्रेष्ठको सुझाव थियो ।
बैठकमा सहभागिहरुले यस नगरमा मेयर, उपमेयर सहित आठ वटा वडा नेकपा एमालेको जितहुने दावी गरेका छन् । नगर अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page