डम्बर राई
कञ्चनरुप , ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न कार्यक्रम गरी ७४ औं पार्टी स्थापना दिवस मनाएको छ ।
सप्तरीको १८ वटै पालिकामा शुक्रवार भव्यताका साथ पार्टी स्थापना दिवस मनाएको जिल्ला सचिव देवनाथ यादवले जानकारी दिइएका छन् । यसैक्रममा यहि बैशाख ३० गते हुने स्थानिय चुनावी प्रतिवद्घता पाठगर्दै पार्टीप्रति बफादार नेता तथा कार्यकर्तालाई सम्मान गरी कञ्चनरुप पार्टी नगर कमिटीले कार्यक्रम गरेको छ ।
आयोजित कार्यक्रममा केन्द्रिय सदस्य एवं सप्तरी पार्टी सह इँन्चार्ज राज कुमार लेखीले नेकपा एमाले पार्टीभन्दा भिन्न विचार र सिद्घान्त बोकेको पार्टी हो भन्दै एमालेले राष्ट्रलाई समृद्घ बनाई अविकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने अभियानमा लागेको बताउनु भयो ।
प्रमुख अतिथीको आसनबाट कार्यक्रमलाई सम्वोधन गर्नुहुदै उहाँले भन्नुभयो, अब सम्पूर्ण कार्यकर्ताहरुको ध्यान ३० गतेहुने स्थानिय चुनावमा जाओस् जसरी पनि आफ्नो पार्टीको उम्मेदवारलाई अधिक मात्रामा जिताउनै पर्छ । फुटेर होइन एक भएर चुनावी रणनीतिक अभियानमा लाग्नुपर्ने सुझाव दिनुहुदै पार्टीले कसैलाई भेदभाव गर्दैन एमाले विकास प्रेमी र जनताप्रेमी पार्टी भएकै कारण पनि जनभावनालाई कदर गर्दै अगाडी बढेको हो नेता लेखीले बताउँनु भयो ।
यसैगरी केन्द्रिय सदस्य तथा जिल्ला पार्टी सह इन्चार्ज सरीता गीरी यादवले मुलुकको समृद्घीका निम्ती नेकपा एमाले विकल्प नरहेको दावी गर्नुभयो । एमाले शक्तिशाली भएकै कारण अन्य पार्टीहरु गठबन्धन गरेर एक्लो एमालेसंग भिड्न आउदैछन् तर लज्जास्पद भएर फर्कन्छन् गीरीले बताउनु भयो ।
कार्यक्रम समारोहमा प्रदेश सदस्यहरु क्रमशः मो. कलिम, कल्पना चौधरी, आसरादेवी चौधरी, जिल्ला सल्लाहकार सदस्य भोला राउतले मन्तव्य राखेका थिए । नगर अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई नगर सचिव केवल खत्रीले स्वागत गरेका थिए भने जिल्ला सदस्य सविता न्यौपानेले संचालन गर्नुभएको थियो ।
Add Comment