राजनीति

जनमत कञ्चनरुप ७ बाट वडा अध्यक्षमा रामसागर महतोको उम्मेदवारी

कञ्चनरुप । जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि कञ्चनरुप नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि रामसागर महतोको उम्मेदवारी सर्वसम्मत चयन गरिएको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले कञ्चनरुप ७ को वडा अध्यक्ष पदका लागि महतोलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो ।

महतोले युवाको उपस्थितिले राजनीतिमा पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न सक्छ । युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता,
क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । त्यसैले जनमत पार्टीबाट उम्मेदवारी दिएको हुँ
महतोले युवा पुस्ताबाट समाजको बिकासको नयाँ अध्याय शुरु गर्न युवालाई अवसर प्रदान गरिनुपर्ने बताए ।

यसैगरी जनमत पार्टीले कञ्चनरूप नगरपालिकाको प्रमुखमा ईन्द्रदेव कौडगिया र उपप्रमुखमा सम्झाना रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page