कञ्चनरुप, ९ वैशाख । जिल्ला फूटवल संघ सप्तरीको अध्यक्षमा राजकुमार परियार चयन हुनुभएको छ ।
संघको सप्तकोसी नगरपालिका फत्तेपुरमा सम्पन्न सातौं जिल्ला अधिवेशनले परियारको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
सप्तरी जिल्लामा रहेर लामो समय फुटबल प्रशिक्षक रुपमा काम गरेर रिटायर हुनुभएको परियारलाई अधिवेशनले सर्वसम्मत् नेतृत्व प्रदान गरेको छ ।
गठित समितिको उपाध्यक्षहरुमा अमर बहादुर भुजेल, बिजय कुमार चौधरी ,सुदिप चौधरी चयन हुनुभएको छ ।
यसैगरी जिल्ला कार्यसमिति सदस्यमा रमेश कुमार श्रेष्ठ , निबर्तमान जिल्ला अध्यक्ष देबेन्द्रमान सिंह बस्नेत , बैजु दास ,राजकुमार श्रेष्ठ ,सुरेश खडका (सुरज), धुर्ब नारायण चौधरी ,रमेश प्रसाद साह, अभिलाशा पन्त,उमेन्द्र कुमार चौधरी बब्बु कुमार चौधरी ,सुरेश लामालाई सर्वसम्मत चयन गरिएको छ ।
Add Comment