राजनीति

रुपनी गाउँपालिकामा जसपाबाट अध्यक्षमा यादव र उपाध्यक्षमा सरदार सर्वसम्मत

बृजमान तामाङ
राजविराज, ९ बैशाख ।
सप्तरीको रुपनी गाउँपालिकामा जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षको उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।
जसपा रुपनी गाउँपालिकाको बैठकद्वारा अध्यक्षमा हरेराम यादव र उपाध्यक्षमा बेचनी देवि सरदारलाई सर्वसम्मतबाट उम्मेदवार चयन गरेको हो ।
गाउँपालिका समितिको बैठकबाट अध्यक्ष र उपाध्यक्ष सहित वडा अध्यक्षहरु चयन गरि जिल्ला समवन्य समितिमा पठाएको गाउँपालिका अध्यक्ष बलराम यादवले बताए ।
यादव २०७४ सालको प्रथम स्थानीय तह निर्वाचनमा रुपनी गाउँपालिकाको अध्यक्षमा अत्याधिक मत प्राप्त गरि निर्वाचित भएका थिए । उनी जनता समाजवादी पार्टी नेपाल सप्तरीका सचिब समेत हुन ।
यसैगरी उपाध्यक्षका उम्मेदवार सरदार समेत प्रथम स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित ब्यक्ति हुन भने हाल जनता समाजवादी पार्टी सप्तरीको सदस्य छिन ।
रुपनी गाउँपालिकामा माओवादी केन्द्रले अगाडि अरुण कुमार साहलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page