कञ्चनरुप (सप्तरी) । स्थानीय तहको निर्वाचनको लागि सप्तरीको सप्तकोसी नगरपालिकामा बिहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
सप्तकोसीको कार्यालयमा निर्वाचन अधिकृत बिष्णु प्रसाद निरौलाको कार्यालय स्थापना गरिएको हो ।
वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया सम्पन्न गर्न अधिकृत निरौला सप्तकोशी आएका हुन् । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत निरौलाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
अधिकृत निरौलाले सप्तकोशीको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि तयारी सुरु गरिएको बताए ।
सप्तकोसी नगरपालिका वडा नम्बर २ स्थित गोबैज माबिको भवनमा आयोजित कार्यक्रमको अध्यक्षता अधिकृत निरौलाले गर्नुभएको थियो भने कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरी, नगर प्रमुख उत्तम गौतम , विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।
निर्वाचन आयोगले एकै दिन ७५३ वटै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
Add Comment