राजविराज, ११ वैशाख । पछिल्लो समय बालबालिकादेखि युवा पुस्तामा जन्मदिन मनाउने लहर नै चलेको छ । साँझ परेपछि केक काट्ने र साथी भाइहरुसँग रमाइलो गर्ने चलन छ । साथै दिन भर नयाँ ठाउँ घुम्ने पनि रहर हुन्छ । आफ्नो जन्मदिनमा मंहगो खर्च गरेर मनाउने संस्कार शहर देखी गाउँ सम्म बढ्दै गएको छ ।
तर, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ९ निवासी सञ्चारकर्मी रबि शर्माले आफ्नो जन्मदिन भने फरक रुपमा मनाएका छन् ।
शर्माले आफ्नो जन्मदिनको अवसर पारेर हनुमाननगर कंकालिनी नगरपालिका–७ (मुसहर) बस्तीका बालबालिकालाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री वितरण गरेर जन्मदिन मनाएका छन ।
उनले जन्मदिनको अवसरमा सदा बस्तीका एक दर्जनबढी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।
‘शिक्षा क्षेत्रमा पछाडी परेका दलित समूदायका केही बालबालिकालाई जन्मदिनको अवसरमा थोरै शैक्षिक सामग्री दिन पाउदा खुशी लागिरहेको छ’ उनले भने–‘ यो केही नभए पनि बालबालिकालाई पठनपाठनमा केही हदसम्म सहयोग हुने विश्वास छ । ’ शिक्षा स्वास्थ्य राज्यको दायित्व हो तर ट्युसन फि,मासिक फि,अतिरिक्त फि,बिलम्ब फि,परीक्षा फि जस्ता अतिरक्त खर्च महगिले पढाउन समेत अभिभावकलाई ग्राहौं बनाएको छ ।
उनी संचार सप्तरी अनलाइनका प्रधान सम्पादक र प्रेस चौतारी नेपाल,शाखा सप्तरीका सदस्य हुन् ।
Add Comment