कञ्चनरुप (सप्तरी), १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका मो. कलिमले कञ्चनरुप नगरपालिकाको मेयर पदका लागि र उपमेयरमा असरा देवी चौधरीले मनोनयन दर्ता गर्नुभएको छ । उहाँहरुले आज (सोमबार) निर्वाचन अधिकृतको कार्यालय कंचनपुरमा दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ता गर्दै कलिमले आफू नेकपा एमालेबाट उम्मेदवारी दिए पनि सबैको साझा उम्मेदवारी भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, मेरो मनमा कञ्चनरुपको माटो छ । मैले मेयर पद जितेर कञ्चनरुपको विकास गर्न चाहन्छु कञ्चनरुपको समृद्धिका लागि कञ्चनरुपवासीले आफुँलाई भोट दिएर जिताउनु पर्ने बताउनुभयो ।
उहाँ भन्नुभयो ‘यस अघि पुरा हुन बाँकी रहेका कामहरूलाई व्यवस्थित रुपमा गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको छ ।’
उहाँहरु दुबै जना एमाले मधेश प्रदेश कमिटि सदस्य हुनुहुन्छ ।
Add Comment