राजनीति

एमालेमा प्रवेश गर्नेको लहर तिब्र, कञ्चनरुपमा दर्जनौं एमालेमा प्रवेश

डम्बर राई /
कञ्चनरुप (सप्तरी) १५ बैशाख ।
स्थानिय निर्वाचनको समय छोटिदै गएसंगै नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नेको लहर तिब्ररुपमा बढेर गएको छ ।
विभिन्न पार्टीबाट दिनहुँ सैयौंको संख्यामा एमालेमा प्रवेश गर्दै आएको पार्टी जिल्ला सचिव देवनाथ यादवले बताए । पार्टी प्रवेश गर्नेक्रममा विहिवार जिल्लाको कञ्चनरुप नगरपालिकामा तीन दर्जन भन्दा बढीले एमालेमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस परित्याग गरेर मोहम्मद नेसार अहमद, मोहम्मद नसीम अहमद, जनता समाजवादी पार्टी र नेकपा माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश कर्ताहरु वडा नम्वर ८ स्थित कञ्चनपुरका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य र केन्द्रिय सदस्य तथा सप्तरी पार्टी सह इन्चार्ज राज कुमार लेखीले अविर र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

वन पैदावर समिति सप्तरीको अध्यक्ष तथा नेपाली काँग्रेसको सक्रिय युवा नेताभई भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत रहनुभएको मो नेसार अहमदले पछिल्लो समयमा आएर नेपाली काँग्रेस देश र नेपाली जनताको समृद्घी भन्दा व्यक्तिगत हीतको सोंच विचारमा लागेकोले बताए ।
सुखी जीवन र समृद्घ नेपालको लागि आम नेपालीले अब एउटै ठाउँ रोज्नुपर्छ त्यो हो नेकपा एमाले, यो पार्टीबाट मात्र सुन्दर भविश्य छ बाँकी सबै अवसर र फाइदाका लागि चल्ने पार्टी हो अहमदले आफ्नो बुझाई र अनुभव व्यक्त गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page