कञ्चनरुप, १६ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन भएको छ ।
शुक्रवार रुपनगर चोकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्लाका सह इन्चार्ज राजकुमार लेखिले रिवन काटेर पार्टी कार्यालयको उद्घाटन गर्नु भएको हो ।
कार्यालयको उद्घाटन गर्दै लेखिले हामी अहिले चुनावी मैदानमा छौ । आफ्नो उम्मेदवारहरुलाई कसरी बिजय गराउन सकिन्छ त्यसतर्फ ध्यान दिन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । एमालेको जित निश्चित रहेको बताउँदै एमालेले मात्र देशमा समृद्धि र बिकास छलाङ ल्याउने भएकाले पार्टीका नेता कार्यकर्ताहरु एक जुट भइ चुनावी मोर्चामा सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्रदेश कमिटी सदस्य एवं उप मेयरकी उम्मेदवार कल्पना चौधरीले कन्चनरुपको शिर झुक्न नदिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
Add Comment