कञ्चनरुप, १७ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली काङ्ग्रेसले घरदैलो कार्यक्रम सुरु गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली काङ्ग्रेसले नगर प्रमुख ,उपप्रमुख सहित १२ वटै वडामा अध्यक्ष सहित उम्मेदवारहरुको मनोनयन दर्ता भएसंगै घरदैलो कार्यक्रम शुरु गरेको हो ।
कञ्चनरुप नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट नगर प्रमुखमा ललन प्रसाद गुप्ता तथा उप प्रमुखमा मुना पोखरेल रहनु भएको छ ।
नेपालि काङ्ग्रेसका कार्यकर्ताहरु तथा जनताहरुको उत्साहपुर्ण सहभागिता संगै घरदैलो कार्यक्रम शुरु गरिएको नगर प्रमुखका उम्मेदवार गुप्ताले जानकारी दिनुभयो।
Add Comment