कञ्चनरुप, १९ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर पदका उम्मेदवार ललन प्रसाद गुप्ताले सोमबार चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । नगरपालिकामा मेयर पदको कांग्रेस उम्मेदवार ललन प्रसाद गुप्ता र उपमेयर उम्मेदवार मुना पोखरेलले घोषणपत्र सार्वजनिक गर्दै यसलाई कार्यान्वयन गर्ने बताए ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले कञ्चनरुपको आदर्श टोलमा रहेको क्षेत्रीय पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि कांग्रेस तर्फबाट उम्मेदवार बनेका गुप्ताले चुनावी घोषणा–पत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक घोषणा–पत्रमा स्वास्थ , शिक्षा, कृषि क्षेत्र, सौर्य उर्जा ,पुर्वाधार, तथा अन्य योजनाहरुलाई प्राथमिकतामा राखी काम गर्ने उल्लेख गरिएको छ । शिक्षामा ‘हाल भएका बिद्दालयहरुलाई प्राविधिक ढङगले स्तरउन्नती गरी संचालनमा ल्याइने, शिक्षण लगानी वृद्धि गरिने, शिक्षकहरुको लागि आवश्यक तालिमको व्यवस्था गरिने’ जस्ता प्रतिबध्ता घोषणा–पत्रमा उल्लेख छ ।
त्यस्तै, स्वास्थ्यमा गुप्ताले ‘विपन्न, जेष्ठ नागरिक , गरिब , असाय तथा महिला स्वास्थ्य स्वयंसेबिका परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइने, दिर्घ रोगबाट पिडीत तथा नसर्ने रोगबाट पिडित बिरामी सँग मेयर कार्यक्रम संचालनमा ल्याइनुको साथै जिवन निर्वाह गर्ने मासिक भत्ता तथा सुगर प्रेसरको बिरामीलाई निःशुल्क उपचार र औषधीको व्यवस्था मिलाइने’ प्रतिबद्धता गरेका छन् ।
त्यस्तै, कृषि क्षेत्रमा ‘किसान वर्गको हितकालागि कृषि सम्बन्धी आयमुलक, सेवामुलक तालिम तथा विउ विजनको खाद्द मल आदिको समय सिमा भित्र व्यवस्था गर्ने, आवश्यकता अनुसार हरेक वर्ष सबै वडाहरुमा समरसियल (बोरिङ) प्रदान गर्ने, स्मार्ट सिटीको सेवामुलक तालिम प्रदान गरि व्यवस्थापन गर्ने साथै कोशी टप्पुका जंगली जनावरको आक्रमणलाई रोकथाम गरिने’ प्रतिबद्ध उनले गरेका छन् ।
त्यस्तै, उनले पुर्वाधारमा ‘उज्यालो कञ्चनपुरको अनुरुप प्रत्येक टोलटोल जोडिने सडकहरुमा सोलार प्रविधीको माध्यमबाट सडक वती जडान गरिने, नपा भित्र सेवा सुविधा सम्पन्न बसपार्क निर्माणको पहल गर्ने’ जस्ता प्रतिबद्धता समेत गरेका छन् ।
Add Comment