बृजमान तामाङ
बिरेन्द्र बजार, २१ बैशाख । जनता समाजवादी पार्टी अग्निसाईर कृष्णासवरण गाउँपालिकाले घरदैलो कार्यक्रम सुरु गरेको छ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका २ स्थित सितापुरबाट बुधबार घरदैलो अभियानमा सुरु गरेको हो ।
अध्यक्ष पदका उम्मेदवार रामदेव यादवले घरदैलो अभियानको क्रममा यसपटक जनताले सेवा गर्ने अबसर दिने विश्वास व्यक्त गरे । जनताले आफुसहित जसपाका सम्पुर्ण उम्मेदवारलाई भारी मतले विजयी गराउने विश्वास व्यक्त गरे ।
अध्यक्षका उम्मेदवार यादवले आफुलाई जनताले विजयी गराउने दाबी गर्दै जसपको वडा देखि पालिका अध्यक्ष उपाध्यक्ष स्वाच्छ, ईमान्दार र परिवर्तनकारी सोचका भएको भन्दै जताततै गाउँपालिकामा भरी जसपाको जित सुनिश्चित भएको चर्चा परिचर्चा शुरु भएको बताए ।
यादवले अध्यक्ष उपाध्यक्ष सहित १ देखि ५ वटै वडामा जसपा अग्रस्थानमा रहेको चर्चा गर्दै हाल जसपाप्रती जनलहर बढेको बताए । उनले जसपा थारु, मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम, अल्पसंख्यक, महिलाको प्रतिनिधित्व र अधिकारका लागि संघर्षरत रहेकोले गाउँपालिकामा पार्टीको जित सुनिश्चित हुने ठोकुवा गरे । अध्यक्ष यादवले जसपको सरकारले मात्र गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकाससंगै, सबै जातजातिको पहिचान र अधिकार स्थापित गर्दै विकसित र समृद्ध गाउँपालिका बनाउने उल्लेख गरे ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकामा जसपाको तर्फबाट अध्यक्षमा यादव, उपाध्यक्ष वाणी कुमारी चौधरी, वडा नम्बर १ को अध्यक्षमा रामनारायण चौधरी (गुणानन्द), २ मा श्याम कुमार चौधरी, ३ मा रमेश कुमार चौधरी, ४ मा प्रकाश चन्द्र यादव (पप्पु) वडा नम्बर ५ मा दुर्गानन्द चौधरी र वडा नम्बर ६ मा विजय कुमार चौधरीले उम्मेदवारी दिएका छन् ।
Add Comment