समाचार

सप्तरीको महुलीमा काँग्रेस र एमाले कार्यकर्ता विच झडप, तीनजना घाईते

घाईते टीका अधिकारी

बृजमान तामाङ
विरेन्द्र बजार, २४ बैशाख ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ६ स्थित मोहनपुरमा शुक्रबार राती काँग्रेस र एमालेका कार्यकर्ता विच झडप हुँदा ३ जना घाईते भएका छन् ।
झडपमा एमालेका टीका अधिकारी, नेपाली काँग्रेस मो.ओसिम र धन बहादुर राई घाइते भएका हुन । शुक्रबार राती ११ बजे विवाद उत्पन्न हुदा दुईपक्ष झडप भएको स्थानीयले बताएका छन् ।
नेपाली काँग्रेस र एमाले कार्यकर्ता विच धारिलो हतियार हानहान भएको स्थानीयहरुले जनाएका छ्न । घाइतेहरुको विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
एमालेका कार्यकर्ता उज्वल अधिकारी र कांग्रेसका कार्यकर्ता धनबहादुर राईबीच सुरुमा वादविवाद बढेर झगडा भएपछि पुगेको प्रहरीले विवादलाई सामान्य बनाएर घर पठाएको महुली प्रहरीले जनाएको छ ।
बजारबाट मोटरसाइकलमा पुगेका कांग्रेसका कार्यकताहरूले उज्जवललाई नभेटेपछि राति ११ बजे घरमा सुतिरहेका उज्जवलको बुवा टिकारामलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर घाइते बनाएको पीडितकी पत्नी सीताले बताउनु भयो ।
एमालेका कार्यकर्ताले अनावश्यक वादविवाद सिर्जना गरि खुकुरी प्रहार गरि आफ्ना कार्यकर्तालाई घाईते बनाएको नेपाली काँग्रेसले आरोप लगाएको छ । घटना लगतै काँग्रेसका स्थानीय नेताकार्यकर्ताहरुले २ घण्टा सडक अबरुद्ध गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा एमाले अग्निसाईर कृष्णासवरण गाउँपालिकाका सह सचिब सरोज राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको तथा मगरलाई नियन्त्रण राखी आबश्यक छानवीन शुरु गरिएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page