समाचार

सप्तरीमा निर्वाचनको दिन अनुमति लिएका सवारी साधनहरू मात्र सञ्चालन हुने

कञ्चनरुप (सप्तरी), २५ वैशाख । सप्तरीमा स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते अनुमति लिएका सवारी साधनहरू मात्र सञ्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गर्दै वैशाख ३० गते मतदान कार्य हुने हुँदा उक्त दिन विहान ५ बजे देखि साँझ ६ बजे सम्म एम्बुलेन्स, दमकल, दुरसंचार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन सञ्चालित र अनुमति लिएका सवारी साधनहरु मात्र मतदान गर्ने दिन सञ्चालन हुने जनाएको हो ।
उक्त दिन अन्य सवारी साधनहरू बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदा सम्मका लागि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत आग्रह गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page