समाचार

सप्तरीमा निर्वाचन अवधिभर मादकपदार्थ बिक्री वितरण गर्न नपाइने, सिमा नाका समेत बन्द

कञ्चनरुप, २५ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ ।
प्रशासनले आज आइतबार एक सूचना जारि गर्दै निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार यही बैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको हो ।
त्यसैगरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एव भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सिमा जोडिएका सप्तरी जिल्लाका सम्पूर्ण सिमा नाकाहरु वैशाख २७ गते रातको १२ बजे देखि ३० गते रातको १२ बजे सम्म बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

   

You cannot copy content of this page