कञ्चनरुप, २६ वैशाख । बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कञ्चनरुप -१२ ले वडामा निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएको छ ।
स्थानीय तह निर्वाचनको लागि माओवादी केन्द्रले नगर उपप्रमुख सहित १२ वटै वडामा अध्यक्ष सहित उम्मेदवारहरुको मनोनयन दर्ता भएसंगै घरदैलो कार्यक्रम शुरु गरेको हो ।
कञ्चनरुप १२ मा वडा अध्यक्ष पदका उम्मेदवार रमेश बस्नेतले नगर उपप्रमुखका उम्मेदवार चौधरी, महिला सदस्य ,दलित महिला सदस्य , खुल्ला सदस्य र सदस्य लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा रुपनगर, बस्तिपुर, कलौनी, धरमपुर लगायतका क्षेत्रमा घरदैलो गर्दै मत मागेका हुन्।
घरदैलो कार्यक्रममा बस्नेतले यसपालि युवालाई मतदान गरि जिताउन वडा वासीलाई अनुरोध गर्नुका साँथै यस पटक जनताको साथ पाउनेमा विश्वस्त रहेको बताए । बस्नेत अहिले दिनहौं आफ्ना संकल्प सहित जनताको माझमा पुगेका छन। घरदैलोको क्रममा वडा अध्यक्ष पदको उमेदवार बस्नेतले आफ्नो प्रतिवधता पत्र र घोषणा पत्र अनुसार काम गर्ने छु भनेर प्रतिबधता समेत गरेका थिए।
१२ नम्बर वडाको विभिन्न टोलमा घरदैलो गरेको जानकारी दिइएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताहरु तथा जनताहरुको सहभागिता संगै घरदैलो कार्यक्रम शुरु गरिएको वडा अध्यक्षका उम्मेदवार बस्नेतले जानकारी दिए।
Add Comment