राजनीति

सप्तरीको कञ्चनरुपमा तीन दल बीच चुनावी प्रतिस्पर्धा, एमाले अगाडी रहेको दावी

डम्बर राई
कञ्चनरुप(सप्तरी), २६ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय निर्वाचनको मतदान गर्ने अब चार दिनमात्र बाँकी छ । यतिबेला चुनावी प्रचार प्रसार तथा भोट माग्न विभिन्न पार्टीका उम्मेदवार र कार्यकर्ताहरु गाउँ बस्ती र बजारमा भ्याई नभ्याई छ ।
चुनावी प्रतिस्पर्धामा सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी रहेपनि एमाले नै अगाडी रहेको स्थानियहरुको आकलन रहेको छ ।
यस नगरपालिकामा दोस्रो पटक पनि नेकपा एमालेले नै विजय हासिल गर्ने सम्भावना उच्च बन्दै गएको र जताततै सुर्य चिन्हकै सर्वत्र चर्चा आइरहेको सर्वत्र चौक बजारमा हल्ला उठिरहेको छ । २०७४ को स्थानिय निर्वाचनमा एमालेबाट नगर प्रमुखमा बसन्त कुमार मिश्रले नेपाली काँग्रेसका उम्मेदवार ललन प्रसाद गुप्तालाई साढे आठसय मतले उछिनेर विजय भएको थियो । राजपाका उम्मेदवार माधव चौधरीले दुइ हजार साढे सातसय मत ल्याई तेस्रो स्थान कायम गरेको थियो ।
राजपाका तर्फबाट नगर प्रमुख पदका तत्कालिन उम्म्ेदवार माधव चौधरी लगायत डम्बर प्रसाद साह, नेपाली काँग्रेसका युवा हुनाहार नेता नेसार अहमद एमालेमा आएपछि सम्भावना चुलिदै गयो ।
चौधरीको मत र नेकपा एमालेबाट नगर प्रमुखमा लड्दै गरेका मोहम्द कलिम मियाँ स्वयंको राम्रो प्रभावले यस पल्ट एमालेको जीतमा शंकै नभएको पार्टी जिल्ला सदस्य शिव नारायण साहले बताए । उनको अनुसार, चार हजार साढे चारसय मत मुस्लिम समुदायको छ, जसमा खसेको कुलमतको ९० प्रतिशत मत सुर्य चिन्हमा कलिमले पाउने छन् । पार्टीको संगठित र आवद्घता सदस्यहरुको र थारुको दुइ हजार मत गरी नौ हजार बढी मत आउँने एमालेको आँकडा रहेको छ ।
यस पल्ट नेकपा एमालेले १२ वटै वडामा जातिय, लिङ्गिय र भूगोलको हिसावमा उम्मेदवारी दिइएको जनाइएको छ । मुस्लिम र साहको बाहुल्यता भएका वडा नम्वर १ मा साहलाई उम्मेदवारी गराइएको छ भने अरु वडामा पनि यहि क्रमले उम्मेदवारी मिलाइएको जिल्ला अध्यक्ष ताराकान्त चौधरीको भनाई छ । यस्तै २ नम्वर वडामा मुस्लिम, ३, ४, ५, ६, १० र ११ मा थारु छन् ।
७ नम्वर वडामा बरही शर्मा, ८ मा पासवान, ९ मा यादव र वडा १२ मा खत्रीको ङ्गमौलाना मोहम्मद कलिम विचार र भावनाले उद्घारवादी, निष्पक्षताको सोंचले समाजमा उकालिएको योग्य र सक्षम युवा सबैको मन र मस्तिष्कमा अट्ने भएकाले पनि मियाँले जित्ने दावी गरेकाछन् ।
नगर प्रमुखमा आफ्नो उम्मेदवार परेपछि नेका लगायत मधेशवादी दल हतासिएको छ मियाँले बताए । उनको अनुसार, आफुले एमालेबाट टिकट पाएपछि अरु पार्टीका उम्मेदवार तर्सिएकाछन् र आफुलाई असहज ठानेकाछन् ।
यस नगर पालिकामा ३५ हजार मतसंख्या भएपनि ३२ हजार भन्दा बढी मत पोलिङ्ग नहुने अनुमान छ ।

   

1 Comment

Click here to post a comment

  • म मेरो कमेन्टमा के भन्छु भने, सर्वप्रथम पत्रकार कुनै पनि पार्टीको अनुसरण गर्ने हुनु हुँदैन !! र अर्को कुरा पत्रकार भएपछि सबै जन प्रतिनिधिसँग अन्तरवार्ता लिएर सामाजिक संजालमा पोस्ट्याउने हो नकि एमालेको मात्रै होइन!!🙄🙄

You cannot copy content of this page