समाचार

सप्तरीमा एक हप्ताका लागि राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्य स्थगित

कञ्चनरुप, २६ वैशाख । सप्तरीमा एक हप्ताका लागि राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सोमवार एक सूचना जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यमा कार्यालयका कर्मचारीहरु निर्वाचनमा खटिने भएकाले राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको हो।
सूचनामा भनिएको छ यस कार्यालयका कर्मचारीहरु निर्वाचनमा खटिने भएकोले राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्य वैशाख २८ गते देखि जेठ ०३ गते सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page