राजनीति

सप्तकोशी नगरपालिकामा १ सय मतले कांग्रेसको अग्रता

कञ्चनरुप, ३१ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका मेयरमा नेपाली कांग्रेसका मेयर कृष्णप्रसाद ढकालले अग्रता लिएका छन्।
५ सय ५० मत गणना हुँदा मेयर ढकालले २ सय ५६ मत, नेकपा एमालेका उत्तम कुमार शर्माले १ सय ५६ मत प्राप्त गरेका छन्। माओबादि केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजबादिका नारायण प्रसाद आचर्यले ३९, राप्रपाका सिताराम भट्टराईले २५ मत पाएका छन ।
त्यस्तै उपमेयरमा कांग्रेसकी रिता कुमारी चौधरीले २ सय ४३, एमालेको तर्फबाट उम्मेदवार वनेकी संगीता कुमारी चौधरीले १ सय ५३ मत प्राप्त गरेकी छिन्। माओबादिकी राजकुमारी चौधरील् ७३, समाजबादिकी बविता देवी सरदारले ४०, राप्रपाकी ज्योतीकुमारी बस्नेतले २६ मत पाएकी छन् भने नगरमा नेपाली काङ्ग्रेस र एमाले बिच प्रतिस्पर्धा हुने देखिन्छ।
वडा नम्बर १ को वडाध्यक्षमा काङ्ग्रेसका रोहिणि प्रसाद पोखरेलले २ सय ३८ मत पाएका छ्न भने एमालेका नारायण खड्काले १ सय ५० मत पाएका छ्न । त्यसैगरी माओवादिका सन्तोष खतिवडाले ७५ मत , समाजबादिका काजि परियारले ३७ मत, राप्रपाका लोक बहादुर कार्कीले २४ मत पाएका छ्न । यो वडामा पनि काङ्ग्रेस र एमाले बिच प्रतिस्पर्धा हुने देखिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page