समाचार

सप्तकोसी २ को वडाध्यक्षमा एमालेको जाहिरको प्यानल विजयी, मेयरमा काङ्ग्रेसको अग्रता कायमै

फत्तेपुर, १ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा एमालेका जाहिर हुसेन प्यानल सहित विजयी भएका छ्न ।
हुसेनले ४ सय ६८ मत ल्याई विजयी भएका हुन । हुसेनका प्रतिद्वन्द्वी माओबादिका उम्मेद्वार मधुकर चौधरीले ३ सय ४८ मत प्राप्त गरेका छन ।
वडा सदस्यहरुमा प्यानलै विजयी भएका छन् ।
पछिल्लो वडा नम्बर २ को मत गणना सकिदाको मत परिणाम अनुसार मेयरमा काङ्ग्रेसका कृष्ण प्रसाद ढकालको १४ सय २७, एमालेका उत्तमकुमार शर्माको ८ सय ९९, उपमेयरमा कांग्रेसकि रिताकुमारि चौधरी १ हजार १ सय २१, एमालेकि संगिता चौधरीको ९ सय मत प्राप्त गरेकि छिन।
सप्तकोसी नगरपालिकामा १५ हजार ४ सय २१ मत रहेकोमा खसेको मत ११ हजार ५ सय २ मत खसेको थियो । वडा नम्बर २ मा जम्मा १२ सय ४७ मत खसेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page