समाचार

अग्निसाईर कृष्णासवरनमा एमालेको अग्रता कायमै, एमाले २,माओवादी र काँग्रेस १/१ वडामा विजयी

बृजमान तामाङ
बिरेन्द्र बजार, २ जेठ ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा एमाले २ काँग्रेस १ र माओवादीले १ वडामा जित हाँसिल गरेको छ ।
पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १ र ५ मा एमाले, २ मा माओवादी र ६ मा काँग्रेसले वडा अध्यक्षमा प्यानल सहित विजयी भएका हुन ।
वडा नम्बर १ मा एमालेका सवजुल खलिपा र वडा नम्बर ५ मा एमालेकै सवजुल मियाँ प्यानल सहित विजयी भए । यसैगरी वडा नम्बर ६ मा काँग्रेसका अशोक आचार्य प्यानल सहित विजयी भए भने २ मा माओवादी केन्द्रका पशुपति प्रसाद चौधरी प्यानल सहित विजयी भएका छन् ।
चौधरीले ६३४ मत ल्याएर विजयी हाँसिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अरविन्द कुमार चौधरीले ५१५ मत ल्याए भने जसपाका श्याम कुमार चौधरी ४६६ मत प्राप्त गरे ।
पछिल्लो मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमाले उम्मेदवारको अग्रता कायमै रहेको छ । एमालेका अध्यक्ष उम्मेदवार दिनानाथ चौधरीले ४ हजार २ मत प्राप्त गरेका छ्न भने उपाध्यक्ष शैलेन्द्री देवी लेखीले २ हजार ८ सय २ मत प्राप्त गरि अग्रस्थानमा छन् ।
काँग्रेसका पर्शुराम चौधरीले २ हजार ६ सय ७८ मत प्राप्त गरे भने उपाध्यक्ष कल्पना कुमारी चौधरीले २ हजार ७ सय ७८ मत प्राप्त गरि पछ्याइ रहेका छ्न ।
जसपाका रामदेव यादवले ७ सय २३ मत हासिल गरेर तेस्रो स्थानमा छ्न भने माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार निशा कुमारी चौधरीले १ हजार २ सय ७७ मत प्राप्त गरि तेस्रो स्थानमा छ्न । जसपाका उपाध्यक्षका उम्मेदवार वाणी कुमारी चौधरीले ७ सय ४६ मत प्राप्त गरेकी छिन । यसैगरी स्वतन्त्र उम्मेदवार मिना कुमारी चौधरीले ३ सय २९ मत हाँसिल गरिन् ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ ,२, ५ र ६ नम्बर वडाको मत परिणाम अनुसार एमालेले आफ्नो सुरुवाती अग्रतालाई कायम राखेको तथा वडा नम्बर ३ को मतगणना जारी रहेको साहायक निर्वाचन अधिकृत कमलदेव यादवले जानकारी दिए । उनका अनुसार वडा नम्बर ३ को पछिल्लो मत परिणाम अनुसार काँग्रेसका गोपाल प्रसाद चौधरीले ४ सय ५३ मत प्राप्त गरि अग्रस्थानमा ,माओवादीका अरुण कुमार चौधरीले २ सय ६० मत प्राप्त गरि दोश्रो स्थानमा र जसपाका रमेश प्रसाद चौधरीले ६६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page