खगेन्द्र कार्की
फत्तेपुर । काङ्ग्रेसको किल्ला मानिने उदयपुरको चौदण्डिगढि नगरपालिकामा किल्ला भत्काउँदै नगरप्रमुखमा एमालेका उम्मेदवार कालुमान लामा विजयी भएका छन ।
चौदण्डिगढि नगरपालिकाको नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा एमाले कै मणिका देवी दुलाल बिजयी भएकी हुन ।
नगर प्रमुखमा लामाले ८ हजार ८ सय ६५ मत प्राप्त गरि बिजयी भएका छन । लामाका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका खगेन्द्र राइले ८ हजार १२ मत प्राप्त गरेका छन । एमालेका लामाले काङ्ग्रेसका राईलाई ८ सय ५१ मतको मतान्तरले पछि पार्दै विजयी भएका छन।
उपप्रमुखमा एमालेकी मणिकादेवी दुलालले ९ हजार ५ सय ६६ मत ल्याई बिजयी भएकी छिन । दुलालकि प्रतिद्धन्द्वी काङ्ग्रेसकी रिताकुमारि चौधरीले ७ हजार ७ सय ६० मत प्राप्त गरेकि छिन्।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा कुल मतदाता ३८ हजार ४ सय ९४ मा जम्मा २५ हजार ३ सय ३१ मत खसेको थियो ।
निर्वाचन कार्यलयको अन्तिम नतिजा अनुसार चौदण्डीगढी नगरपालिकामा १० वटा वडा रहेकोमा नेकपा एमालेले ८ वटा वडामा जित हात पारेको छ भने नेपाली कांग्रेसले दुई वटा वडामा चित्त बुझाउनु परेको छ।
जस अनुसार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका सिताराम राई, वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेकै हरि बहादुर खड्का , त्यस्तै वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली कांग्रसका पर्शुराम राई, वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा एमालेका लुंङ्गराज राई , वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा एमालेकै तुलसी ढकाल प्यानलसहित नै विजयी भएका छन् भने वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली काँग्रे्सका अम्बर बहादुर खड्काले जित हासिल गरेका छन् ।
त्यस्तै वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपा एमाले कै केशब अधिकारी प्यानलसहित नै विजयी भएका छन् । त्यस्तै वडा नम्बर ८ को वडा अध्यक्षमा पनि नेकपा एमाले कै भगनाथ मगर विजयी भएका छन् भने वडा नम्बर ९ र १० मा पनि नेकपा एमालेकै प्रकाश राउत र धमेन्द्र कुमार खड्का बिजयी भएका छन् ।
Add Comment