डम्बर राई
कञ्चनरुप जेठ ५ गते । किराँत राई यायोक्खा नगर कार्यसमिति सप्तकोशीले भव्यताका साथ साकेला सिली कार्यक्रम सम्पन्न गरेको छ ।
राईजातीको ठुलो वसोवास भएको सप्तरी जिल्लाकै सप्तकोशी नगरपालिकाको फत्तेपुरमा स्थापित साकेला थानमा बुधवार भुमी पुजागरी विविध कार्यक्रमका साथ उभौली साकेला कार्यक्रम गरिएको हो ।
सो अवसरमा यायोक्खाका मान्यजन, अगुवा र जिम्मेवार व्यक्तित्वलाई सम्मान गर्दै पूजाआजासंगै चण्डी नाचगान गरिएको थियो ।
सो समारोहमा यायोक्खाका केन्द्रिय सदस्य डम्बर राईले किराँत राईहरु प्रकृती पूजक भएकोले भुमीको पुजा गर्दै आएको बताए । भुमीमा उत्पती भएका सबै वस्तुको हीत होस् भन्दै यिनीहरुको संरक्षण र सम्वर्धनका लागि भुमी पुजा गर्ने गरेको किराँत राई यायोक्खाका किम्वदन्ती रहेको राईले थपे ।
समारोहमा प्रमुख अतिथीको आसनबाट राईले भने, राई जाती समुदायले कसैको धर्मलाई प६्याउने तथा सिको लिने गर्दैन र परम्परागत आफ्नो धर्म, सस्कृतीलाई मान्दै आएको छ ।
फत्तेपुरमा अवस्थित साकेलाको थान परिसरमा रहेको जग्गामा किराँत राई यायोक्खाको कार्यालय र सभाहल भवनको निर्माण कार्यका लागि आवश्यक प्रक्रिया अगाडी बढाउँन सुझाव दिदै सहयोग जुटाउँन आफु पनि लाग्ने राईले प्रतिवद्घता जनाए । जिल्लामा सबै भन्दा बढी राईको वसोवास सप्तकोशी नगरपालिकामा भएका कारण सप्तरी यायोक्खाका जिम्मेवारमा यहिको बढी भुमीका रहनुपर्नेमा जोडदिए ।
भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित सप्तकोशी नगरपालिकाको नव नगरप्रमुख कृष्ण ढकालले साकेला थानको दुर्दशालाई आफुले हेरेर नकस्ने बताए । उनले साकेला थानलाई आवश्यकतानुसार व्यवस्थित बनाउँन योजना पारीत गर्ने छु भन्दै प्रतिवद्घता समेत गरेकाछन् ।
यस्तै सो अवसरमा यायोक्खाका जिल्ला उपाध्यक्ष चेतनराई जिल्ला सदस्य नेत्र तेम्वे, सप्तकोशी नगरकार्य समितिका पूर्व अध्यक्ष नविन राई, सह सचिव सालिक राई लगायतले बोलेका थिए ।
उदयपुरका शिवाई, बसाह, आमवासी लगायत स्थानबाट चण्डी साकेला नाचमा सहभागी भएको आयोजक समितिले जनाएको छ । २३ औं साकेला सिली कार्यक्रम यायोक्खाका नगरकार्य समितिका अध्यक्ष चन्द्रकला राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Add Comment