राजनीति

सप्तरीमा नवनिर्वाचित ६९ वर्षीय वडा सदस्य सुतिहारको मृत्यु

सप्तरी, ६ जेठ । सप्तरीमा नवनिर्वाचित वडा सदस्यको शुक्रबार मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका ५ धौनकी टोलका ६९ वर्षीय राजेन्द्र सुतिहारको मृत्यु भएको हो ।
मतपरिणाम सार्वजनिक भएपछि बिहीबार खुसीयालीसाथ विजय जुलुस मनाएर घर फर्किएका उनी खाना खाएर सुतेको तर बिहान घरमै मृत्यु भएको अवस्थामा फेला परेको स्थानीय किसुन साहले बताए ।
बुधबार साँझ आएको मत परिणाम अनुसार जसपाको तर्फबाट उम्मेदवार सुतिहार राजगढ गाउँपालिका वडा नम्बर ५ को वडा सदस्यमा विजयी भएका हुन् । वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर सुतिहार निर्वाचित भएका हुन् ।
मृतकका श्रीमती, २ छोरा र १ छोरी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page