बारा ,६ जेठ । बाराको कलैया उपमहानगरपालिकामा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै प्रमुख र उप प्रमुख दुवै पद नेकपा एमालेले जितेको छ । उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको हो ।
प्रमुखमा निर्वाचित विनोद साहले २४ हजार १३९ मत ल्याएर विजयी हुनु भएको छ ।
साहका निकटतम प्रतिस्पर्धी पाँच दलीलय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेशराय यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन ।
त्यस्तै उप प्रमुखमा निर्वाचित रौशन परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का प्रमोद गुप्ताले १८ हजार ३०२ मत प्राप्त गरेका छन ।
साह र यादवबिच २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यस बेला प्रमुखरउपप्रमुख दुवै काँग्रेसले जितेको थियो ।
Add Comment