समाचार

महुली सामुदायिकद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान

बृजमान तामाङ
विरेन्द्र बजार, ७ जेठ ।
महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा शनिबार अग्निसाईर कृष्णासवरन गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका विच गाउँपालिकामा विभिन्न पदमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले गम्छा, माला र अविर लगाएर सम्मान गरे ।

महुली सामुदायिकद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी नवनिर्वाचित जनप्रतिनिधिहरु

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले गाउँपालिकाको हरेक क्रियाकलापमा संस्थासंग सहाकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। संस्थाले हामी निर्वाचित गाउँपालिकाको टिमलाई सम्मान गरेकोमा ज्यादै हर्सित छौ, अध्यक्ष चौधरीले भने, विकास निर्माणको कार्यमा यस अघिको सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाउनु चाहान्छु ।
उपाध्यक्ष कल्पना कुमारी चौधरीले संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताईन । उनले गाउँ पालिकाको विकास र समृद्धका लागि संगै एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिईन।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष अबदुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, ५ का अध्यक्ष सवजुल मियाँ, ६ का अध्यक्ष अशोक आचार्य , पत्रकार बृजमान तामाङले मन्तव्य व्यक्त गरे ।
संस्थाका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत कार्यकारी सचिव एवम निर्देशक प्रभु नारायण चौधरीले गरे । कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिकाबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page