बृजमान तामाङ
बिरेन्द्र बजार, ७ जेठ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडा अध्यक्ष बद्री नारायण सरदारले जनताले गरेको विश्वासलाई आत्मसात गरेर अघिबढ्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।
निर्वाचित भएपछि घरदैलो अभियानको क्रममा जगमोहन गाउँमा शनिबार भेटिएका वडा अध्यक्ष सरदारले कञ्चनरुप न्युजका कार्यकारी सम्पादक संगको कुराकानीमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन ।
घरदैलो अभियानमा रहेको वडा अध्यक्ष सरदारले जनताले विश्वासको साथ जिताएको भन्दै जनताप्रती समर्पित रहने बताए । वडाको शिक्षा, स्वास्थ्य क्षेत्र र समग्र विकासको अभिभारा जनताले हामिलाई सुम्पेको छ, उनले भने, जनताले गरेको विश्वासलाई घात हुन दिन्नौ,उनले थपे, हामी सधै जनताको सेवामा समर्पित रहनेछौ ।
जनता समाजवादी पार्टीबाट अध्यक्ष सरदार प्यानल सहित विजयी भएका थिए । सरदारसंगै सदस्यमा सूर्य नारायण मेहता, श्यामसुन्दर यादव, सरस्वती चौधरी र राम कुमारी सदा विजयी भएका थिए । निर्वाचित जनप्रतिनिधिसंगै जनता समाजवादी पार्टीका मधेश प्रदेश समिति सदस्य दिल कुमारी चौधरी लगायतका स्थानीय नेताकार्यकर्ताहरु घरदैलो अभियानमा छ्न ।
Add Comment