अर्थतन्त्र

खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो, प्रतिसिलिण्डर १८०० पुग्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा पनि बृद्धि गरेको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ । निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो ।
डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।
आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page