राजनीति

सप्तरीको डाक्नेश्वरीमा मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

कञ्चनरुप (सप्तरी), ८ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका राम लखन मलाह र उपप्रमुखमा मीरा कुमारी यादव विजयी हुनुभएको हो ।
मेयरमा एमालेका राम लखन मलाहले ५ हजार ८ सय ५४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरेका छन ।
त्यस्तै, उपमेयरमा एमालेकी मीरा कुमारी यादवले ६ हजार १ सय ९७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी इन्दु देवी यादवले ५ हजार २०९ मत प्राप्त गरिन् ।
जम्मा १० वडा रहेको नगरपालिकामा एमाले र काँग्रेसले ४÷४, जसपा र लोसपाले १÷१ वडा अध्यक्षमा जित हासिल गरेको छ ।
जसमा एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुमहार, ९ मा कर्णदेव चौधरी र १० मा कुन्जीलाल चौधरी वडा अध्यक्षमा विजयी हुनु भएको छ । काँग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, वडा २ मा रहमान मियाँ, वडा ३ मा भागेश्वर यादव र वडा ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी हुनुभएको छ । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा लोसपाका शत्रुघ्न मण्डल वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page