समाचार

सप्तरीमा राष्ट्रिय युवा संघद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै मसाल जुलुस

डम्बर राई /
कञ्चनरुप, १० जेठ ।
पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सप्तरीमा विरोध प्रदर्शन भएको छ ।
परमादेशी गठबन्धनकारी सरकारले अत्यधिक महंगी बढाएर नेपाली जनताको ढाढसेक्ने काम गरेको भन्दै सप्तरीको कञ्चनरुपमा युवाहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल नगरकमिटी कञ्चनरुपको आयोजनामा रुपनगरबाट निस्केको राँकेजुलुस कंचनपुर बेरीयरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

परमादेशी सरकार मुर्दावाद, पेट्रोल, डिजल, ग्याँस, इन्धन लगायत महंगी फिर्ता गर चुनावी खर्च असुल गर्न पाइदैन लगायतका नाराहरु लगाउँदै सयभन्दा बढी युवाहरु बिरोध र्यालीमा सहभागी रहेका थिए ।
कोणसभामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला सदस्य संजय पासवानले परमादेशी सरकारले गरीव, मजदुर, किसान लगायत जनतालाई मर्नु न बाँच्न्ुा बनाएकाले यो सरकारलाई जनता मारा सरकार भनीरहँदा फरक नपर्ने बताए ।
उनले भने यो गठबन्धन सरकारले चुनावमा व्यापक खर्च गरेको पैसा उठाउँन चरम महँगी गर्नथाल्यो अझै हामीले सचेत भएनौ भने महंगीको सिमा नै रहदैन यसबाट हामी गरीव , मजदुर नै मर्ने हो ।

यस्तै युवा संघका नगर अध्यक्ष जैनुद्घिन मियाँले पनि काँग्रेसी गठबन्धन सरकार जनताको हीतमा नभएको बताए । यो सरकारको अहिले सम्मको कार्यकालमा विकासको कामको कुरै छाडौ जनतालाई अमन चयन दिने तर्फ तिर पनि ध्यान पुर्रयाएको छैन उनले भने जनताको मतबाट आएको सरकार नभई बैनाबट्टामा आएको हुँदा कवोल असुली मात्रको काम गर्दै आएको छ ।
हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न जैनुदिनले आग्रह गरे ।
उपभोक्ता, विद्यार्थी, श्रमजीवी वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत राष्ट्रिय युवा संघले माग गरेको छ ।
त्यसैगरी राष्ट्रिय युवा संघले सप्तरीको सदरमुकाम राजबिराजमा समेत बिरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ, डिजल, मट्टीतेल, ग्यासको मुल्य वृद्धि प्रमादेशी सरकारले गरेको भन्दै आरोप लगाएका छन् ।
साथै जिल्लाको हनुमाननगर लगायत विभिन्न स्थिानमा बिरोध कार्यक्रम गरेको युवा संघले जनाएको छ ।

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page