कञ्चनरुप, १२ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ तथा पदभार ग्रहण गरेका छन् ।
नगरपालिकाद्वारा बिहीबार आयोजित एक समारोहका बीच प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन् ।
नगर प्रमुख विरेन्द्र कुमार माझीले नवनिर्वाचित उपप्रमुख सरिता सिपलिया यादव तथा हनुमाननगर कंकालिनी नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ तथा पदभार ग्रहण गराएका थिए ।
यस नगरपालिकामा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट नगरप्रमुखमा माझी र जसपाबाट उपप्रमुखमा यादव निर्वाचित भएका थिए ।
Add Comment